नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले हिन्दु राष्ट्रको पक्षमा उभिन प्रस्ताव गरेका छन् ।

केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै सदस्य पराजुलीले हिन्दु राष्ट्रको पक्षमा आफ्नो धारणा व्यक्त गर्दै हाम्रो पार्टीले धर्मसंस्कृति विभाग गठन गर्ने  बताएका छन् । उनले भने धरानमा नेपालको संविधानको बर्खिलाप खुलेआम गौहत्या जस्ता जघन्य अपराधका घटनाहरू घटेका छन्‌ ।

कांग्रेसकै कारणले माओवादीको प्रधानमन्त्री र गृहमन्त्री भएको अवस्था पनि दिनदहाडै सहमहामन्त्री महेन्द्र यादवमाथि ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार भएको बताए । काँग्रेस सरकारमा छ वा छैन भन्ने कार्यकर्ताले बुझ्न सकिरहेका छैनन्‌ यस सन्दर्भमा सरकार मा सम्मिलित नेताहरूको धारणा के हो प्रष्ट पार्नुपर्ने उनकने माग छ ।

सुन प्रकरणमा नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम सबै समाचार माध्यममा पनि गृहमन्त्रीले कांग्रेसका नेताहरूलाई छानिछानी दुःख दिने नियतले अगाडि बढेको आरोप लगाए।

प्रतिक्रिया

सम्बन्धित खवर

Share via
Copy link