प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेकी सांसद ज्वालाकुमारी शाहले शर्माको पक्राउप्रति आपत्ति जनाएकी हुन् ।

‘सांसद शर्माले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउनुपर्छ भनिरहनुभएको थियो,’ सांसद साहले भनिन्,‘अर्थमन्त्री र गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउनुपर्छ भनिरहनु भएका उहाँलाई म्याद सकिइसकेको प्रमाणपत्रको मुद्दामा पक्राउ गरिएकोमा हाम्रो आपत्ति छ ।’

सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिहीबार पक्राउ गरेको थियो ।

सांसद शर्मासहित ब्युरोले शुक्रबार बिहानसम्म ८ जना डाक्टरलाई पक्राउ गरेको छ।

सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति माग गरिरहेको एमालेले शुक्रबार पनि संसद बैठकमा नाराबाजी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Share via
Copy link